फाइल तस्बर
स्याङ्जा। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी रामनदीधाम राम्दीमा नयाँ डिजाइनसहित मोटरेबल पुल निर्माण गरिने भएको छ। सिदार्थ राजमार्ग सडकखण्डअन्तर्गत कालीगण्डकी नदीमाथि नमुना पुल बनाउन लागिएको हो।
हाल सञ्चालमा रहेको २०२८ सालमा निर्माण भएको पुल जीर्ण बनेपछि सोही स्थानमा ‘आर्च थुर’ डिजाइनको मोटरेबल पुल बनाउन लागिएको हो।
राम्दीमा बन्न लागेको मोटरेबल पुलको डिजाइन अमेरिका र थाइल्यान्डमा पुल निर्माणको क्षेत्रमा काम गरेका नेपालीले तयार पारेको पुल सेक्टर पोखराले जनाएको छ।
आर्च थ्रु डिजाइनमा निर्माण हुन लागेको मोटरेबल पुलको लम्बाइ एक सय आठ मिटर र चौडाइ ११ मिटरको हुने छ । नयाँ बन्ने पुल पुरानो ट्रस ब्रिजभन्दा १५ मिटर बढी लामो र पुरानो पुलसँग जोडेर पूर्वपट्टि निर्माण हुने छ ।
पुल तीन वर्षमा सक्ने गरी २०७९ असार ३० गते हिम सगरमाथा प्रालि चितवनसँग २७ करोड ७१ लाखमा ठेक्का सम्झौता भएको थियो ।
नेपाल–भारत सुनौली नाकाबाट सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जा, पोखरा, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, मुस्ताङ र मनाङ जोड्ने यो छोटो बाटो हो ।