काठमाडौं। पहिरोले पुल बगाएपछि अवरुद्ध बनेको मेची राजमार्ग पुनःसञ्चालनमा आएको छ। हेवा खोलास्थित मेची राजमार्गमा १६ वटा हेम पाइप हालेपछि राजमार्ग पुनः संचालनमा आएको हो।
एकतर्फी यातायातको साधन आवतजावत गर्न मिल्ने गरी यातायात सञ्चालनमा आएको ट्राफिक प्रहरीले जनाएको छ।
एक साता अघि आएको बाढी पहिरोले पुल बगाएपछि आवागमन ठप्प भएको थियो। बाढीले ताप्लेजुङ र पाँचथरको सम्पर्क विच्छेद भएको थियो।
आज पुनः ४ वटा होम पाइप लगाइने प्रहरीले जनाएको छ।
असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । हेवा खोलाको पुल बगेपछि पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकासँगै सिङगो ताप्लेजुङ जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य वस्तु पुग्न सकेको थिएन।