सिरहा। सिरहाको गोलबजार नगरपालिका १३ बासीले ५० प्रतिशत अनुदानमा सिंचाइका लागि मोटर पाएका छन्। वडा कार्यालयले किसानलाई सिंचाइ गर्न सहज होस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा एक सय १० घरपरिवारलाई मोटर उपलब्ध गराएको हो।
१८ हजार पर्ने मोटरलाई वडा कार्यालयले ९ हजारमा उपलब्ध गराएको छ। अनुदानमा मोटर उपलब्ध गराउनका लागि चालु आवमा वडा कार्यालयले रु १० लाख विनियोजन गरेको वडा कार्यालयले जनाएको छ।
किसानले समेत लगानी गरेपछि अपनत्व महसुस हुन्छ भनेर आधा मात्र अनुदानमा दिएको कार्यालयको भनाइ छ।
आकाशे पानीको भरमा खेतीपाती गरिरहेका किसानलाई मटार पाएपछि राहतको महसुस भएको बताएका छन्।