चितवन । भरतपुर महानगरपालिकालाई हरियाली प्रबर्द्धन गर्न सम्झौता गरिएको छ ।
भरतपुर बाईपास सडकलाई बीचको मेडियनमा हरियाली सहितको सौन्दर्यकरण गर्न आज भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यलय र ग्रिनसिटी लाईन्स क्लबसंग त्रिपक्षीय सम्झौता गरिएको हो ।
सम्झौतासँगै अब चाँडै काम अघि बढाइने भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जानकारी दिइन् ।
दाहालले सामाजिक सञ्जालमार्फत सम्झौता बारेमा जानकारी दिँदै लेखेकी छन्,‘भरतपुर महानगरपालिकालाई हरियाली प्रबर्द्धन गर्ने योजना अनुरूप भरतपुर बाईपास सडकलाई बीचको मेडियनमा हरियाली सहितको सौन्दर्यकरण गर्न आज भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यलय र ग्रिनसिटी लाईन्स क्लबसंग त्रिपक्षीय सम्झौता गरियो। अब छिट्टै कार्य अगाडी बढ्ने छ।'