काठमाडौं। सिनामंगलस्थित बागमती पुलमुनि बन्द रहेको बाटो सफाइ अभियानकर्मीले खुलाएका छन्। बागमती सफाइ अभियानको ४ सय ४५ औं हप्ताअन्तर्गत शनिबार नदी सफाइ गर्ने क्रममा अभियानकर्मीले त्यहाँको अवरोध हटाएका हुन्।
उक्त अवरोध हटाइएपछि पुलमुनिको छोटो बाटोमा यात्रा गर्न पाउँदा यात्रु खुसी भएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिएका छन्। पुल बनाउने दिवा निर्माण सेवाले बाटो बन्द गरी निर्माण सामग्री थुपारेर यात्रुलाई असहज अवस्था बनाएको जानकारी गराएको छ। यो भन्दा अगाडी तीनकुनेको पुल बनाउँदा पनि पप्पु कन्स्टक्शनले पुलमुनिको बाटो बन्द गरी निर्माण सामग्री थुपारेकामा अभियानकर्मीले नै खुलाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिएकी छिन्।