पाल्पा। पाल्पाको रामपुर नगरपालिकाका विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ। समाजमा हुने आपराधिक घटना कम गर्न र शान्तिसुरक्षा कायम राख्न रामपुरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको हो।
रामपुर नगरपालिकाले बजार क्षेत्र, मुख्य चोक, सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा गरी सात स्थानमा सोलार बत्ती जडान गरेको छ ।
नगरपालिका कार्यालय परिसर, बेझाड बजार, सदावर्त चोक, तालपोखरा, कालीआँप, किसानबारी बजारमा सोलार जडान गर्ने काम भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ससर्त अनुदानमा नगरपालिकाले सडक तथा चोकमा खम्बासहित स्वचालित सोलार बत्ती जडान गरेको हो ।
रामपुर चारतिरैको नाकाका भएकाले चोरी, डकैती, विभिन्न आपराधिक क्रियाकलापका गतिविधि बिस्तारै बढ्न थालेकाले शान्ति सुरक्षा कायम गर्न मुख्य क्षेत्रमा सौर्य बत्ती जडान गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताए ।
।