काठमाडाैं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राकाे विनिमयदर ताेकेकाे छ। जसअनुसार भारतीय रूपैयाँ एक सयकाे खरिद दर १६० रूपैयाँ रहेकाे छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेकाे छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरकाे खरिद दर १३१ रूपैंया ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसा रहेकाे छ। युराे एककाे खरिददर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४४ रूपैयाँ ०८ पैसा कायम गरेकाे छ।
हिजाे अमेरिकी डलर एककाे खरिददर १३२.०९ रूपैयाँ तथा बिक्रीदर १३२.६९ रूपैयाँ रहेकाे थियाे, त्यस्तै युराेपियन युराे एककाे खरिददर १४४.८९ रूपैयाँ रहेकाे छ भने बिक्रीदर ४५.५५ रूपैयाँमा काराेबार भएकाे थियाे।