काठमाडौं। मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको छ।विभागले आज बिहान गराएको अध्यावधिक विवरणअनुसार मेची राजमार्ग अन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम र गणेशचोक–ताप्लेजुङ्ग–ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध भएको हो।
पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।
तमोर करिडोर अन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकखण्ड पनि अवरुद्ध भएको छ । यो सडकखण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्णरुपमा ठप्प भएको हो ।