चितवन। त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा रहेको एशियन कङ्क्रिटोले उच्चतम प्रविधिको प्रयोग गरि कम जनशक्तिमा नै उच्च उत्पादन लिई औधोगिक उत्पादनलाई उदाहरणको रुपमा अघि बढाएको छ। जर्मन प्रविधिको मासा कम्पनीको अपरेटर प्रयोग गरि दैनिक ५०० ले गर्ने काम २५ जनाले नै पुर्ण क्षमतामा उत्पादन गर्न सफल भएको छ । यी २५ जना मध्ये गुणस्तर मापन गर्ने, उत्पादन सामाग्रीलाई ब्यबस्थापन गर्ने, सवारीचालक, मेसिनअपरेटर आदि रहेका छन्।
कच्चा पदार्थलाई जम्मा गरी बालुवा, गिट्टी, सिमेन्ट, पानी र रङको प्रयोग गरी मोज्याक टायल, इटालगायतका ३० प्रकारका सामाग्री यस उधोगले उत्पादन गर्दैृ आएको छ। कच्चा पदार्थ लोडर चालकले हालेपछि प्रशोधन प्रकृया पुरा हुँदै आवश्यक आकारको निर्माण सामग्री बनी अत्याधुनिक रोबटिक प्रविधिको भट्टीमा उच्च ताप दिएर तयारी भएको सामाग्री प्याकिङ भएर बाहिर आउदछ। यस उधोगले दैनिक ६०० मेट्रिक टन निर्माण सामग्री उत्पादन गर्न सक्छ।
ठुलो जोखिम मोलेर यस प्रविधिलाई नेपाल भित्राइएको कुरा उधोगले बताएको छ। यस प्रविधिले नेपाल गुणस्तरको चिन्ह पनि पाइसकेको छ। उधोगबाट उत्पादित भएको उत्पादन देशको मुख्य सहरमा पुगिसकेको छ । भुकम्प पछि नेपालमा यो उत्पादनको आवश्यकता महसुस गरेपछि ब्यबसायिक घरानाका समुह जर्मन पुगेको थियो। उपकरण निर्माता कम्पनीले उपकरण महँगो भएकोले नेपालमा सञ्चालन गर्न कठिन हुने हुदा नलैजा भनेको थियो तर यस समुहले उत्पादन कम्पनीको सञ्चालकलाई सम्झाई उपकरण नेपाल भित्राएको थियो। उपकरण महँगो भएता पनि थोरै जनशक्तिमा धेरै उत्पादन हुने भएकाले लक्ष्यअनुसार काम गर्न पाएको कुरा कम्पनीले जनाएको छ।
१ अर्व ५० करोड लगानीमा उधोग सञ्चालनमा ल्याइएको हो। उधोगले उत्पादन गरेको सामाग्रीको आयु ५० वर्ष भन्दा वढि रहेको छ। उत्पादनको भार क्षमता एम ३५ देखि एम ५५ सम्म रहेको छ। यसबाट उत्पादन भएको सामाग्रीले सुन्दर शहर बनाउनमा महत्वपुर्ण भुमिका खेलेको छ साथै यस्ता सामाग्रीहरु निजि तथा सरकारी क्षेत्रको निर्माण कार्यमा प्रयोग भइरहेका छन। उधोग स्वचालित भएकोले उत्पादनमा समस्या नआएपछि गुनासो पनि आउदैन। उधोगले उत्पादन सँगसँगै सीप पनि दिदै आएको छ।