काठमाडौं । बुद्ध एयरले नयाँ जहाज थप्ने योजना अघि सारेको छ । सन् २०२३ को शुरुआतदेखि नै दुर्गममा उडान गर्ने योजना अनुसार कम्पनीले चारओटा नयाँ जहाज थप्ने तयारी गरेको हो ।
नेपालका दुर्गम क्षेत्रमा उडान गर्न कम्पनीले मुलुकका विभिन्न तीन स्थानलाई हब बनाउने घोषणा गरेको छ । कम्पनीले पूर्वका लागि रामेछापको मन्थली, पश्चिमका लागि पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने जानकारी दिएको हो ।
मुलकका सुगम गन्तव्यमा नियमित र अत्यधिक उडान गर्दै आएको यो कम्पनीले दुर्गमलाई सुगम, सहज र सबैको पहुँच हुने किसिमले व्यवसायिक योजना बनाइएको कम्पनीले जनाएको छ ।