काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने आशा पलाएको बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले रंगशाला निर्माणका लागि सहयोग गर्ने बताएपछि फाउण्डेशनका अध्यक्ष धुर्मुसले रंगशाला निर्माण हुने आशा बढेको बताएका हुन्।
उनले अर्थमन्त्रीले निरास नहुनु सहयोग गर्छु भनेर सार्वजनिकरुपमै बोलेपछि आफूलाई खुसी लागेको बताए । अर्थमन्त्रीको आश्वासनले रंगशाला निर्माणको काम फेरि अघि बढ्नेमा आफू आशावादी भएको धुर्मुसको भनाइ छ ।
चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले रंगशाला निर्माणमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका थिए। उनले यस विषयमा सरकार सकारात्मक रहेको बताएका थिए ।
फाउण्डेशनले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ। तर निर्माणका क्रममा करिब १७ करोड ऋण लागेपछि साउन १५ देखि निर्माणको काम रोकिएको छ।