काठमाण्डौं। २०७२ सालको विनासकारी भुकम्पले क्षेति पुर्याएको ललितपुरमा अवस्थित रहेको बालकुमारी मन्दिरलाई फलामको टेका दिएर राखिएको थियो। लामो समयदेखि अलपत्र परेको यस मन्दिरको बल्ल पुनःनिर्माण हुन थालेको छ। मन्दिरमा रहेको कुमारीलाई त्यहि नजिक रहेको सत्तलमा सारी गजुरलाई निकालेर मन्दिरको माथिल्लो भागबाट भत्काउन थालिएको छ। महानगरपालिकाबाट विनियोजन भएको ५० लाख र जनश्रमदान बाट जम्मा भएको ६ गरी ५६ लाखमा अहिले पुनःनिर्माण कार्यको सुरुवात भएको हो। मन्दिरलाई पुर्ण रुपमा निर्माण गर्नको लागि चार करोड भन्दा माथि लाग्ने आकलन गरिएको छ, सोहि रकम दाताबात संकलन गरि निर्माण कार्य सम्पन्न गर्ने कुरा पुनःनिर्माण समितिका अध्यक्षले जानकारि गराएका छन्।
मन्दिरको निर्माण कार्य ठेक्कामा दिँदा गुणस्तर कम हुने भएकोले समितिलाई जिम्मा दिएको हो। उक्त मन्दिरलाई दशैंमा पाटनमा अवस्थित शक्तिपीठका मन्दिरहरुमध्ये सबै भन्दा बढी पुजिन्छ र हरेक वर्ष घोडेजात्रा पनि यही मन्दिरबाट सुरुवात गरिन्छ। प्यागोडा शैलिमा निर्माण भएको तीन तले बालकुमारी मन्दिरको धेरै पुराना सामानहरु फेरी पुन प्रयोग गर्न मिल्ने छ त्यसैले मन्दिरको पुनःनिर्माण १८ महिनाभित्र सम्ममा सक्ने समय तोकिएको छ।
शिलालेखमा उल्लेख भएको आधारमा बालकुमारी मन्दिर सिद्धनरसिंहले ७४२ मा एक तलेमात्र निर्माण भएको थियो। फेरी ८१७ मा मन्दिरमा २ तला थपी तीनतला बनाइएको थियो। पाटनमा अवस्थित रहेका सबै मन्दिरहरुमध्ये बालकुमारी मन्दिर एक प्रमुख मन्दिर अन्र्तगत पर्दछ। धर्मिक साँस्कृतिक र ऐतिहासिक रुपका मठमन्दिरले भरिपुर्ण पाटन नेपाल उपत्यकाको प्राचिन साथै महत्वपुर्ण तीन सहरमध्ये एक पुरानो सहर पनि हो। यस मन्दिरको टायल(छाना) झिकेर २०७२ साल मंसिरमा तामाले छाना छाइएको थियो।