हुम्ला । पहिरो र हिमपालका कारण अवरुद्ध हिल्सा–सिमकोट सडक सञ्चालनमा आएको छ । असोज अन्तिम साताबाट पहिरो र हिमपातका कारण अवरुद्ध भएको हिल्सा–सिमकोट सडक खुलेको हो ।
सडकको माथिल्लो भेगमा हिउँ परेको थियो भने तल्लो क्षेत्रतिर पहिरोले भत्काएर अवरुद्ध भएको थियो ।
सडकमा खसेका ढुंगा, माटो पन्छाएपछि सडक खुलाइएको हो । सडक अवरुद्ध हुँदा नाम्खा, खार्पुनाथबाट सदरमुकाम आउजाउ गर्ने स्थानीय एक सातासम्म हिँडेर सदरमुकाम आउन बाध्य थिए ।
लामो प्रयासपछि बल्ल सडक खुला गराइएको पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले बताए । हिल्सा–सिमकोट सडक आयोजनाको समन्वयमा खार्पु–स्याम्ने खण्डको सडक सफाइ गरिएको हो ।