पाल्पा। पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पहिरो खसेर मंगलबार विहानैदेखि अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको हो।
सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट पहिरो खसेको थियो। पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरी सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ।
बिहान तिनाउ गाउँपालिका–३ ड्यामसाइटस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो।
लेदो र ढुंगासहितको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको थियो। हाल एकतर्फी रुपमा सवारी पास हुनेगरी सडक खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।