काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको चनौटे-भिरखर्क जोड्ने रातो पुल आवागमनमा सहज बन्दै गएको छ। पुलको अभावमा सास्ती भोगीरहेका स्थानीयवासीहरुको आवागमनमा क्रमशः सहज बन्दै गएको हो।
मेलम्ची खोलामा गत असारमा आएको भिषण बाढीले रातो पुल बगाएपछि हेलम्बु गाउँपालिकालगाएत आसपासका क्षेत्रमा सर्वसाधारण प्रभावित भएका थिए। रातो पुल भएकै स्थानमा नेपाली सेनाले कात्तिक ४ गतेदेखि बेलिब्रिज बनाउने जिम्मेवारी पाएपछि पथान्तरण गरेर आवागमन सहज बनाइएको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार एक विज्ञप्ती जारी गरी पथान्तरणसहित अस्थायी बाटो निर्माण भई अहिले दैनिक ५० वटा यात्रुवाहक र मालवाहक सवारीसाधन सञ्चालन भइरहेको बताएको छ। पथान्तरणसँगै किउल, टिम्बु, पाँचपोखरीलगाएत हेलम्बुसम्मको आवागमन सहज भएको छ।