काठमाडौं। पाल्पा–गुल्मी सडकखण्ड आजदेखि दैनिक ११ घण्टा बन्द हुने भएको छ। तानसेन रिडी सडकखण्डअन्तर्गत जोर्ते भीर आसपासमा सडक चौडा गर्नुपर्ने भएकाले मंसिर २२ सम्म बन्द हुने भएको हो।
सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालका अनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द रहने छ। उक्त समयमा सुरक्षा निकायका सवारी साधन र एम्बुलेन्स भने सञ्चालन हुने बताइएको छ। उक्त सडक चौडा गर्ने ठेक्का प्रदीप/साइन जेभीले लिएको छ।