काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणको लागि अर्थ मन्त्रालयले बजेट छुट्याएको छ। निकुञ्जभित्र सडक निर्माणका लागि अर्थ मन्त्रालयले १२ करोड रुपैंया बजेट स्वीकृत गरेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिए।
नगरप्रमुख ढकालले निकुञ्जभित्र कसरादेखि बनकट्टा खण्डमा सडक निर्माणका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट छ्ट्याएको बताए। सडक निर्माणको लागि राष्ट्रिय निकुञ्ज विभागले पनि सहमती दिएको उनले जानकारी दिए।
नगरप्रमुख ढकालले आउँदो मंसिर १३ गते भारतको हैदराबाद पुगी केमिकल पिचको अध्ययन गर्ने र उक्त लिक्वीड नेपालमा ल्याई सडक विभागको प्रयोगशालामा परीक्षण गरिने जानकारी दिए।
निकुञ्जभित्रको सडक निर्माणको काममा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, युनेस्कोलगायत सरोकारवाला निकायले असहयोग गर्दै आइरहेको छ।