कालीकोट। कालीकोटको रास्कोट नगरपालिकाले एक करोड लगानीमा निर्माण गर्दै गरेको थोपा सिंचाइँ आयोजना अलपत्र परेको छ । वडा ९ को ताम्ती, वालुखेत र फुकोट वस्तीको ४२ हेक्टर जमिनलाई सिंचाइँ दिने उद्देश्यका साथ स्थानीय सरकारले निर्माण कार्य सुरु गरेको थोपा सिंचाइँ आयोजना अलपत्र पारिएको हो ।
छिट्टै बन्ला र सिंचाइँ गरौंला भनेर प्रतिक्षामा रहेका कृषकको प्रतिक्षा योजना अलपत्र परेसँगै रोकिएको छ । अघिल्लो सरकारले ठेक्कामार्फत योजना निर्माण सुरु गरेको थियो । स्थानीय पुष्प वरालले अघिल्लो सरकारको योजनालाई अलपत्र पार्ने मनसायले नै करोडको थोपा सिंचाइँ आयोजना वर्तमान नगर सरकारले अलपत्र पारेको आरोप लगाए।
नगरको प्रमुख प्रशासकीय अधिकृत जवासिंह बमले भने नागरिकको आरोप के हो त्यो उनीहरुको कुरा भएको भन्दै नगरबाटभन्दा पनि स्थानीयकै कारणले योजना अलपत्र परेको बताए। सबै आयोजना करिव सम्पन्न भइसकेको छ । थोपा सिंचाइँका लागि सबै कृषकको खेतमा मसिनो पाईप पनि बिछाउनु पर्ने भएकाले खेतमा बिछाउन नदिएकै कारणले समान आएर पनि थन्किएको बताए। गोरखापत्रबाट