जुम्ला। तिला गाँउपालिकामा सडक पुग्दा स्थानीय उत्साहित भएका छन्। भौगोलिक हिसावले ग्रामिण भेग भनेर चिनिने त्यो बस्तीमा अहिले सडक पुगेको हो।
ग्रामिण बस्तिनै भएपनि अहिले सडक पुग्दा स्थानीयमा खुसिको सिमानै छैन। जुम्लाको तिला गाउपालिका गाउँ बस्तीमा सडक सञ्जाल जोडिन थालेको हो। सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज हुने स्थानियले जानकारी दिए। तिला गाउँपालिकाको पहलमा सडक खन्ने काम भएको छ। केही समय पछि यहाँका नागरिकले घण्टौंसम्म पैदल यात्रा गर्नु पर्ने बाध्यता हट्ने आशा स्थानीयले गरेका छन्।
स्थानीय तह आइसकेपछि गाउँगाउँमा सडक पुग्नु निकै ठुलो उपलब्धि भएको त्यहाँका स्थानीयको भनाइ छ। ‘दूरदराजमा उत्पादित फलफुल अन्नपात सबै बजार सम्म ल्याउन सहज बनेको छ। यहाँ उत्पादित बस्तु बजारीकरण गर्न समस्या हुने छैन’, तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले बताइन्।