काठमाडौं। भुटानको ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने भएको छ। आगामि भदौ २३ गते ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको हो ।
करिब एक घण्टाको उडान गर्दै पोखरा आएपछि उक्त जहाज पोखराबाटै भुटान फर्किने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
ड्रुक एयरले चार्टर उडानपछि नियमित उडान गर्नेबारे समेत चासो देखाएको छ । प्रव्रिmयामा भने आइनसकेको बताइएको छ। ड्रुक एयरले चार्टर उडानमार्फत १५० को हाराहारीमा यात्रु पोखरा ल्याउने र फर्किंदा रित्तै फर्किने बताइएको छ। ड्रुकले चार्टर उडान सफल भएपछि भारतको नयाँ दिल्ली सेक्टरलाई समेत जोडेर उडानको तयारी गरिरहेको छ।
हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले सातामा तीन र भुटान एयलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ ।