काठमाडौं। भारतको मन्त्रिपरिषद बैठकले १० वर्षमा नेपालसँग १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले नेपालबाट अबको १ दशक अवधिमा खरिद गर्ने विद्युतको प्रस्ताव स्वीकृत गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा आफ्नो सम्बोधनमा गरेका थिए। प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा घोषणा कार्यान्वयन गर्न १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव त्यहाँको मन्त्रीपरिषदले स्वीकृत गरेको छ।
भारतीय मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले फेसबुक स्टाटसमार्फत जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘नेपालबाट दश वर्षमा खरिद हुने विद्युतको प्रस्ताव मन्त्रिपरिषदको स्वीकृतिले जलविद्युत विकासको नयाँ मार्गचित्र बनाउन मार्ग प्रसस्त गरेको छ। यो स्वीकृतिले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’