काठमाडौं। सान्भी इनर्जी लिमिटेडले ३७ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने भएको छ। आइपीओ निष्कासन तथा बिक्रीका लागि स्वीकृति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइतबार निवेदन दिएको छ।
बोर्डका अनुसार कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासनका लागि स्वीकृति मागेको छ।
यो कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआइ मर्चेजन्ट बैंकिङ लिमिटेड छ। धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि मात्र कम्पनीले आइपीओ निष्कासन गर्न पाउँछ।