नवलपुर। विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड तत्काल मर्मत गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराइले पङ्गेनीले एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै सडक मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको हो।
नारायणगढ–बुटवल सडक खण्डको अधिकौश ठाउँमा सडक मर्मत भइसकेको र केही स्थानमा अझै मर्मत कार्य बाँकी नै रहेको छ। महाधिवेशनमा पश्चिमको जिल्लाबाट धेरै सवारी साधन आउने जानकारी आएको हुनाले बिग्रेको सडकमा जाम हुने भएकाले निर्माण कम्पनीलाई तत्काल मर्मत गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पङ्गेनीको भनाइ रहेको छ। पूर्व पश्चिम राजमार्गको खण्ड १ मा भत्किएका सडकहरु दशैं अगाडी नै मर्मतको काम सक्नको लागि नारायणगढ–बुटवल सडक विस्तार गर्नको लागि पटक–पटक पत्राचार गरेको भएता पनि निर्माण कम्पनीले अटेर गर्दै आइरहेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्। हाल दाउन्ने खण्डको सडक पुरै मर्मत गर्नुपर्ने अवस्था रहेको छ।
सडक भत्एिको ठाउँमा धुलो उडेको कारणले गर्दा स्थानीयहरुले सास्ती भोग्दै आइरहेका छन्। सो सडकमा पानी छरेर धुलो नियन्त्रण गर्न आग्रह गर्दा पनि निर्माण कम्पनीले अटेरी गरेको छ। राजमार्गको पुल निर्माणमा डाइभर्सन निर्माण गरिएको स्थान बाहेक अन्य क्षेत्रमा बिग्रिएको सडक मर्मत गर्दै डाइभर्सनमा पानी छर्केर धुलो उड्न नदिने निर्माण पक्षले प्रतिबद्धतमा गरेको भएता पनि काम भने गर्न सकेको छैन्।
हाल नारायणगढ–बुटवल खण्डको झण्डै ११४ किलोमिटर सडकलाई ४ लेनमा विस्तारको काम भइरहेको छ। बिग्रिएको सडक चाँडो मर्मत गर्दै सडक विस्तारमा ध्यान केन्द्रित हुन आग्रह गरिएको सुचना अधिकारी कृष्ण आचार्यले बताएका छन्। कछुवाको गतिमा सडक विस्तारको काम भइरहेको उक्त खण्डको आर्थिक प्रगति करिब ९ प्रतिशत मात्रै देखिएको छ। २०७५ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको उक्त सडकको शिलान्यास गरेका थिए। तर ३ वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन्।