दोलखा। दोलखाको भीमेश्वर नगरपालिका–६ मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण हुने भएको छ। १२ आदिवासी जातिको संस्कार र संस्कृति झल्कने बहुसांस्कृतिक सङ्ग्रहालय र पार्क निर्माण हुने भएको हो।
दोलखा नै उद्गम थलो भएका थामी, जिरेल, सुरेल र तामाङ, शेर्पा, श्रेष्ठ, सुनुवार, गुरुङ, माझी, भुजेल, मगर र कुमाल गरी कुल १२ आदिवासी जनजातिको बसोबास रहेको छ। उनीहरूको जन्मदेखि मृत्युसम्मका संस्कार, वेशभूषा जोगाउन यो सङ्ग्र्रहालय निर्माण हुन लागेको हो।
यहाँ आदिवासी जनजातिका पुरातात्त्विक महत्व झल्कने किसिमका १२ वटै भवन निर्माण हुने र ती भवनमा सम्बन्धित जातजातिसँग सम्बन्धित साङ्केतिक वस्तु राखिने छ। ४२ रोपनी जग्गामा निर्माण हुने यो सङ्ग्रहालयको लगानी करिब १२ करोड रुपियाँ रहेको नगरपाकिाले जनाएको छ।