सर्लाही। दुई वर्षदेखि सर्लाही सदरमुकाम मलङ्गवामा रहेको मुख्य सडक निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ। सडक विस्तार पश्चात आरसीसी ढलान गर्नको लागि घरहरु भत्काएर अलपत्र अवस्थामा छाडेको छ, जसले गर्दा त्याहाँको मुख्य वजार क्षेत्र कुरुप भएको छ। त्यस क्षेत्रमा यसरी सडकलाई अलपत्र अवस्थामा छाडिदिँदा पानि पर्दा सडक हिलाम्य हुने र घाम लाग्दा धुलो उडेर ब्यवसाय गर्ने मान्छेलाई प्रभाव पारेको छ।
दश करोडमा गत असार मसान्तसम्म मलङ्गवास्थित शहीद चोकदेखि राजश्री सिनेमा हलसम्म कालोपत्रे गरी सक्ने सर्तमा ठेक्का लिएको सडक निर्माण कार्य विचैमा अलपत्र अवस्थामा छाडिदिँदा सदरमुकामको सौन्दर्य नै गुमेको कुरामा स्थानीयको गुनासो रहेको छ।
साँघुरो रहेको सडकमा ब्यक्तिगत घरहरु दर्जनौ रहेको र ती घरहरु भत्काउन विभिन्न अवरोध र बाँधाहरु झेल्नु परेको कारणले गर्दा निर्माण कार्यमा ढिलाई भएको र बाँकी रहेको काम केही दिन भित्रमा नै सुरुवात गर्ने भनाई नगरप्रमुखको रहेको छ।