काठमाडौं। नेपाली बजारमा अब अमेरिकी प्रविधिको बोबक्याट बी ७६० ब्याक्हो लोडर उपलब्ध छ। इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले नेपाली भूगोलका लागि उपयुक्त हुने लोडर नेपाली बजारमा बिक्री वितरणका निम्ति बुकिङ खुला गरेको हो।
कम्पनीका अनुसार काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, नेपालगञ्ज, पोखरा, वीरगञ्ज र इटहरी लगायत विभिन्न मुख्य शहरहरूमा रहेका शाखा कार्यालयबाट यो लोडर बुकिंग गर्न सकिने जनाएको छ।
इन्डियाको चेन्नई फ्याक्ट्रीमा उत्पादिन सो मेसिन नेपाल लगायत एसियाली र अफ्रिकी मुलुकलक्षित हो । बोबक्याट बी ७६० लाई नेपालका तराई, पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षणपछि सार्वजनिक गरिएको हो । उक्त मेसिनमा रहेको हिटिंग प्रविधि परीक्षणका लागि नेपालको माथिल्लो मुस्तांग (४००० अल्टिट्युड उचाइ) मा परीक्षण गर्दा मेसिन सहजै चलेको कम्पनीले बताएको छ।
अमेरिकी प्रविधिबाट निर्मित बी ७६० मा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएकाले ९४ हर्स पावरको शक्ति प्रदान गर्ने तथा उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिंग शक्ति समेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण भएको कम्पनीको दाबी छ।