सिमकोट। सलीसल्लामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। कर्णाली करिडोरअन्तर्गत सर्केगार्ड गाउँपालिका र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा निर्माणाधीन बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको हो।
कर्णाली नदीको दुबै किनारमा पुलका लागि पिलर निर्माण अन्तिम चरणमा पुगेको र अब स्टिलपार्ट जडान कार्य असोज तेस्रो हप्ताभित्र सक्नेगरी काम भइरहेको बताइएको छ।
बेलिब्रिज निर्माण गर्नको लागी निमाृण कम्पनी कङ्ग्री निर्माण सेवालाई दिइएको छ। निर्माण कम्पनीका अनुसार असोज तेस्रो हप्ताभित्र सलीसल्लामा पुल जडान सम्पन्न गरेर सञ्चालनमा आउने छ।
हिल्सा–सिमकोट सडक आयोजनाले फागुनमा बेलिब्रिज निर्माणका लागि सम्झौता भएको जनाएको छ। पुल निर्माणका लागि आयोजनाले दुई करोड बजेट लाग्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको बताइएको छ।