काठमाडौं। भारतले कोरोना भाइरस संक्रमणका कारण बन्द गरिएका सबै अन्तर्राष्ट्रिय हवाइ उडान खुलाउने भएको छ। भारतले अन्तर्राष्ट्रिय हवाइ उडान आगामी १५ डिसेम्बरदेखि खुला गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालय, विदेश मन्त्रालय र स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयसँगको परामर्शमा सरकारले हवाइ सेवा खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोनाका कारण भारतमा गत २३ मार्चदेखि नियमित अन्तर्राष्ट्रिय हवाइ उडान अवरुद्ध भएको थियो ।
विश्वमा फेरि कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ। यस अवस्थामा हवाइ उडान खुला गर्नाले पुन: कारोनाको जोखिम फैलिने चिन्ता बढेको छ।