तनहुँ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ लालिममा शीतभण्डार निर्माण गरिएको छ। नगरपालिकाको आन्तरिक स्रोतबाट तीन करोडको लगानीमा एक सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिएको हो।
नगरपालिकाको वडा नं ८ आलु र वडा नं ११ सुन्तला खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास गरिएको छ ।
नगरपालिकाले आलु र सुन्तला खेतीलाई मध्यनजर गर्दै करिब पाँच रोपनी सार्वजनिक जग्गामा शीतभण्डार निर्माण गरेको बताइएको छ। शीतभण्डार बनेसँगै यहाँका कृषकले उत्पादन गरेका कृषिउपज स्टोरका लागि पोखरा लैजानुपर्ने बाध्यता हट्ने भएको छ।
भवन निर्माण सम्पन्न भइसकेको छ। निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले शीतभण्डार सञ्चालन प्रक्रिया रोकिएको र असोज मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।