ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा खोलाको फलामे पुल भाँचिएको छ। ७० वटा चौंरी तर्ने क्रममा १४ वटा चौंरी एकै पटक बस्दा पुल भाँचिएको स्थानीय चौंरीपालक तेञ्जिङ शेर्पाले बताए।
पुल भाँचिदा ७ वटा जति गम्भिर घाइते भएको र बाँकिलाई भने निकाल्न सकेको शेर्पाले बताए।
मान्छे र भेडा बाख्रा झोलुङ्गे पुलबाट तार्ने भए पनि चौंरी तार्न फलाम र काठको पुल बनाउने गरिएको छ। जानकारी दिए ।
यो खोलाबाट एक हजार भन्दा बढी चौंरी यही समयमा तार्नुपर्ने स्थानीय बताउँछन् । पुल भत्केपछि अब समस्या हुने उनीहरूको गुनासो छ । बर्खाले यो वर्ष घुन्सा क्षेत्रमा खासै क्षति पुर्याएको थिएन । घाइते चौंरीको घरेलु उपचार गर्ने र आवश्यक परे गाउँपालिकाबाट पशु स्वास्थ्यकर्मी बोलाउने चौंरीपालक बताउँछन् ।