तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिका–२ स्थित बहपुरमा व्यवस्थित ‘ल्याण्डफिल साइट’ निर्माण गरिएको छ । सङ्घीय सरकारको दुई करोड लगानीमा करिब २४ रोपनी जग्गा खरिद गरी ‘साइट’ निर्माण गरिएको हो ।
बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्ष एक करोड ४० लाखको लागतमा ‘साइट’को निर्माण भइरहेको छ। यस आवदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको बताइएको छ। जग्गा व्यवस्थापन, मार्ग निर्माण र ट्रस निर्माणलगायत कार्य तीव्र गतिमा भइरहेको छ ।
उक्त स्थानमा ल्यान्डफिल साइट सञ्चालनमा ल्याएपछि छिमेकी पालिका शुक्लागण्डकी र व्यास नगरपालिकाको फोहरमैलालाई व्यवस्थित गर्न सकिनेछ। कुहिने फोहरलाई प्राङ्गारिक मल बनाउने र नकुहिने वस्तुलाई पुनःप्रयोगमा ल्याउने गरी व्यवस्थित गर्न लागिएको हो ।