सिराहा। सिराहाको लहान नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा फुटपाथ खाली गराउन सुरु गरेको छ। नगरपालिकाले ट्राफिक प्रहरीको समेत समन्वयमा फुटपाथ ‘क्लियर’ बनाउने अभियान सुरु गरेको हो ।
यसअघि नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमित सडक पेटी खाली गराउन आह्वान गरेको थियो । पैदल यात्रुको आवागमनमा अवरोध हुने गरी व्यापारीले सडक पेटी तथा फुटपाथ प्रयोग गरेपछि खाली गराउन सुरु गरेको नगरपालिकाले जनाएको छ।
बजार क्षेत्रलाई सफा र सुन्दर नगर बनाउनको लागि सडक पेटीको अतिक्रमण हटाउन सुरु गरेको नगरपालिकाका उपप्रमुख रामचलितर महतोले बताए।
सडक तथा सडक पेटीमा व्यापारीको अनधिकृत संरचना हटाएपछि सवारी आवतजावतमा थप सहजता र सुरक्षित हुने नगरपालिकाको विश्वास छ।