काठमाडौं। हङकङ रेडलाइन (होङसी) ले दाङ सिमेन्टमा विदेशी लगानी ल्याउन राष्ट्र बैंकबाट अनुमति पाएको छ। सरकारले इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी ल्याउन अनुमति दिएपछि होङसीले प्रक्रिया अगाडि बढाएको थियो।
होङसीले एचएस इन्भेष्टमेन्टमार्फत लगानी ल्याउन अनुमति पाएको हो। विदेशबाट लगानी ल्याउने प्रक्रिया सबै पूरा भइसकेको छ। अब होङसीले लगानी ल्याउन कुनै समस्या छैन, होङसीको नेपालका एक साझेदारले जानकारी दिए।
एचएस इन्भेष्टमेन्ट कम्पनीबाट दाङ सिमेन्टमा १५ अर्ब लगानी आउँदैछ। विभागले कम्पनी दर्ता गरेपछि राष्ट्र बैंकमा लगानी स्वीकृतिका लागि आवेदन दिइएको थियो। होङसीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने भन्दै भारतको अम्बुजा समूहबाट दाङ सिमेन्ट किनेको थियो।
होङसीले अम्बुजाको ८५ प्रतिशत सेयर ७० करोडमा किनेको हो। दाङको बाँकी १५ प्रतिशत सेयर शिवम सिमेन्टका प्रवर्द्धक विश्वनाथ गोयल र हुकुम फर्मासिटिकल्स तथा अक्वा हन्ड्रेडकाका संचालक विजय दुगडको नाममा छ।