बझाङ। बझाङमा फेरि भूकम्प गएको छ। मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर भूकम्प गएको भूकम्पविदले जनाएका छन्। बझाङमा एक सातादेखि यता पटक पटक भूकम्पको परकम्प गएका छन् ।
अघिल्लो मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो ।