काठमाडौं। रौतहटको गौर नगरपालिका टिकुलियास्थित लाललबकैया नदीमा पुल निर्माण नहुँदा बाँसको चचरीबाट आउँजाउँ गर्न त्यहाँका स्थानीयहरु बाध्य रहेका छन्। सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने लाललबकैया नदीमा ८ वर्ष अगाडीदेखि निर्माणाधीन अवस्थामा रहेको पक्की पुलको निर्माण अधुरो छोडेको साथै सत्यहाँका सर्वसाधारणलाई आवतजावत गर्नको लागि डाइभर्सनको निर्माण समेत नगरिदिएको कारणले गर्दा स्थानीयले बाँसको लचकबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको हो।
गौरबाट इशनाथ नगरपालिका कार्यलय जान कर्मचारी तथा स्थानीयलाई ५ किलोमिटर सडकखण्ड पर्ने लालबकैया नदीमा पुल नहुँदा १७ किलो मिटर घुमाउरो सडक भएर जानुपर्ने बाध्यता रहेको स्थानीयले जानकारी दिएका छन्। उक्त स्थानमा पुल निर्माण अलपत्र अवस्थामा छाडीदिएको हुँनाले पैदल यात्री र साइकलहरु बाँसको लचकबाट जाने भएता पनि ठुला सवारी साधनहरु लमो दुरीबाट सदरमुकाम जाने गरेका छन्। धेरै पटक पुल निर्माणका लागि स्थानीयहरुले प्रदशैन तथा पहलका लागि आवाज उठाउँदै आएको भएता पनि कतै बाट पनि सुनुवाई नभएको स्थानीयहरुको गुनासो रहेको छ।
त्यसैगरी टिकुलिया घाटमा नगरवासीलाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले इशनाथ नगरपालिकाले वर्षेनी डाइभर्सन निर्माण कार्य गर्दथ्यो तर यो वर्ष नगरपालिकाले डाइभर्सन निर्माणको लागि कुनै चासो नदेखाको स्थानीयको भनाइ रहेको छ। इशनाथ र गौर नगर पालिका दुवैको पहलमा सुरक्षित रुपमा खोला वारपार गर्न वयवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको स्थानीयले बताएका छन्। यसका लागि स्थानीय तहले पनि बजेट विनियोजन गरेर पहल गर्नुपर्ने देखिएको छ।
लालबकैया नदीमा २२५ मिटर लामो पुल निर्माण गर्न सहरी विकास मन्त्राललयसँग १६ करोड ८६ लाख लागतमा पप्पु कन्स्ट्रक्सनले समयमा नै काम सम्पन्न गर्ने सर्तमा ठेक्का सम्झौता गरेको भएता पनि काम सकेर हस्तान्तरण गर्ने समय वर्षौ वित्दा पनि पुलको आधा काम मात्र भएको छ। निर्माण कम्पनीको लापरबाहीको कारणले गर्दा पुल निर्माणको काम अलपत्र परेको छ।
निर्माणाधीन पुलको निर्धारित समय २ वर्ष भन्दा बढी बितिसक्दा पनि अलपत्र अवस्थामा हुँदा डुङ्गा र्दुघटनामा स्थानीयले ज्यान गुमाउने गरेका छन्। त्यसैले गर्दा छिटो भन्दा छिटो पुल निर्माणका लागि स्थानीयबासीले गौरमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई ज्ञावनपत्र बुझाएका छन्।