सप्तरी। हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरिने भएको छ।
मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादवले राजविराजस्थित पूर्वाधार विकास कार्यालय सप्तरीको उद्घाटन कार्यक्रममा बोल्दै कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याइने बताएका हुन्।
मन्त्री यादवले हुलाकी राजमार्ग हुँदै प्रदेश राजधानी जनकपुर पुग्न तत्काल डाइभर्सन निर्माण गरिने जनाए।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन विशेष योजना सार्वजनिक गर्ने तयारीमा आफू लागेको बताए।