धादिङ । धादिङमा केन्द्रविन्दु बनाएर आज गएको भूकम्पका कारण २० घर भत्किएका छन। आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका हुन्।
भूकम्पका कारण ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको बताइएको छ।
पटक–पटक चार रिक्टर स्केलभन्दा माथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको छ । धादिङको साबिक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो ।