काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको दाम घटेपछि स्वदेशी उद्योगीहरुले डन्डीको मूल्य प्रतिकिलो १३ रुपैयाँसम्म घटाएका छन्।
अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेका अनुसार ११३ रुपैयाँसम्म उक्लिएको डन्डीको मूल्य अहिले घटेर न्यूनतम ९८ देखि १०० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारअनुसार डन्डीको मूल्य समायोजन हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कोइला, बिलेटको मूल्य घटबढ हुँदा स्थानीय बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्छ, न्यौपानेले भने।
एक महिनाको अन्तरालमा डन्डीको भाउ १ सय ७ रुपैयाँदेखि अधिकतम ११३ रुपैयाँबाट ९८ देखि १०० रुपैयाँसम्म झरेको निर्माण सामाग्री व्यापार महासंघका संस्थापक महासचिव शिवप्रसाद मानन्धरले जानकारी दिए।
भट्टी नभएका पञ्चकन्या, साखः, हिमाल, हामा लगायतका डन्डी कम्पनीहरुको भाउ प्रतिकिलो ११३ रुपैयाँसम्म पुगेको थियो। बिलेटको मूल्य पनि पाँच सात डलर घटेको न्यौपानेले बताए।