काठमाडौं। दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारी केन्द्र सिंगटी बजारको मुख्य सडकको स्तरोन्नती हुन नसकेको भन्दै आइतबार स्थानीयले बजार क्षेत्रको सडक अवरोध गरेका छन्। यो भन्दा एक साता अगाडी नै सडक निर्माणको मगा गर्दै प्रेश विज्ञप्ति नि कालेको भएपनि सम्बन्धित निकाइले कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिनु पर्ने बाध्यता सिर्जना भएको स्थानीयहरुले बताएका छन्। सिंगटी बजार सडक संघर्ष समिति बनाएका स्थानीयहरुले सडकमा टायर बाmलेर तथा ढुङ्गामुडा गरेर सडक अवरोध गरेका हुन। त्यसैगरी सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले २ वर्षदेखि बजार क्षेत्रको सडक निर्माण गर्न चासो दिएको छैन। साथै ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाले गरणस्तरहीन काम गरेको स्थानीयको भनाइ रहेको छ।
यसैगरी बजारक्षेत्रको सडक निर्माण अलपत्र अवस्थामा छमडीदिँदा हिउँदम धुलाम्मे र वर्षातमा हिलाम्मे हुँदा स्थानीयले सास्ती झेल्नु परेको हो। सो क्षेत्रमा ढल निकास पनि पुर्ण रुपमा बन्द भएको छ। आम नागरिकहरु ले ठेकेदार र सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएको भएता पनि सुधार गर्न चासो नदेखाएको कारण आफुहरु आन्दोलनमा उत्रिएको जानकारी दिएका छन्। करिब २ घण्टापछि इलाका प्रहरी कार्यलय सिंगटीको टोलीले अवरोध सडक सुचारु गरेको थियो। यसैगरी तत्काल निर्मार्ण कम्पनीले बजार क्षेत्रको सडक र नाल ढल मर्मतमा चासो नदिए अन्य थप आन्दोलनका कर्यक्रम सुरु गर्ने सडक संघर्ष समितिले चेतावनी दिएका छन्।