काठमाडौं। कर्णाली करीडोर अन्तर्गत कालिकोट जिल्लाको कर्णाली नदीमा पर्ने खुलालु पुल निर्माणको काम ९० प्रतिशत सकिएको छ। आर्थिक बर्ष ०६८/६९ मा कन्काइ नेपाल प्रगती जेभी काठमाडौंले निमार्णको जिम्मा पाएपछि सो पुलको निमार्ण कार्य सुरु भएको थियो।
निर्माण सुरु भएको करिब १० वर्ष पछि पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेपछि कर्णाली करीडोर अन्तर्गत पर्ने कालिकोट र बाजुरा जिल्ला लगाएत करीडोर आसपासका स्थानीयहरु खुसी भएका छन्। भ्याट सहित १४ करोडमा सो पुलको निमार्ण कार्य भएको जेभीका प्रतिनिधि दीपकराज मैनालीले जानकारी दिएका छन्।
यसैगरी विश्व व्यापी रुपमा फैलिएको कोरना महामारीका कारण पुल निमार्ण कार्यमा केही ढिलाइ भएको बताउदै पुल निमार्ण गर्दा आफुहरु संग सम्झौता अगाडि भएपनि काम भने २०७४ बाट सुरु भएको र आउने माघ १५ भित्र निर्माण सक्ने जेभीका प्रतिनिधि मैनालीले जनाएका छन्।