डडेल्धुरा। अमरगढी नगरपालिकाले सदरमुकामको सडक क्षेत्रमा पर्ने भौतिक संरचना भत्काउन डोजर लगाएको छ । सडक विस्तारका लागि मुआब्जा दिएर पनि घर नभत्काएपछि नगरपालिकाले सोमबारदेखि डोजर चलाएको हो।
बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको मुआब्जा वितरण भइसकेको छ।
सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ । तर, मुआब्जाको सम्पूर्ण रकम पाएका घरधनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाउनको लागि डोजर लगाएको पालिकाले जनाएको छ।