जुम्ला। गत कात्तिक १७ गते भएको जाजरकोट भूकम्पले कर्णाली प्राविधिक शिक्षालयको छात्रावास भवनमा समेत क्षति पुगेको छ । कात्तिक १७ गतेको भूकम्पले ४ कोठे छात्रावास भवन भत्काएको हो ।
उक्त भवनमा १६ जना विद्यार्थी बसिरहेका थिए । अहिले दसैंतिहार विदामा विद्यार्थीहरु घर गएकोले मानवीय क्षति भने नभएको बताइएको छ ।
उक्त भवनमा जिल्ला बाहिरका विद्यार्थीहरु बसिरहेका थिए । २०३८ सालमा बनेको छात्राबास भवन जेनतेन चलिरहेको थियो । सो भवन समेत भत्किएपछि अब घरबाट फर्किएका विद्यार्थी राख्न समस्या भएको शिक्षालयले जनाएको छ।
कर्णाली प्राविधिक शिक्षालयका अधिकांश भवनहरु जीर्ण नै रहेको र कात्तिक १७ को भूकम्पले थर्किएका भवनहरु पनि सामान्य कम्पन आउने बित्तिकै ढल्न सक्ने देखिएको शिक्षालयले जनाएको छ ।