काठमाडौं। आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.९४ रुपैयाँ रहँदा बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४५.०२ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.६८ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४४.५६ रुपैयाँ र बिक्री दर १४५.२१ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.६८ रुपैयाँ र बिक्री दर १६६.४३ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६५.३० रुपैयाँ र बिक्री दर १६६.०४ रुपैयाँ थियो।