रौतहट। रौतहटको मौलापुर नगरपालिकामा तीन करोड लागतमा कृषि सेवा केन्द्र निर्माण गरिने भएको छ। मौलापुर ४ स्थित पतौरामा ३ करोडको लागतमा सुविधा सम्पन्न अत्याधुनिक कृषि सेवा केन्द्र निर्माण गरिने भएको हो।
नगरप्रमुख रिना कुमारी साहको पहलमा सुविधा सम्पन्न कृषि सेवा केन्द्र निर्माण हुन लागेको पालिकाले जनाएको छ।
सेवा केन्द्र निर्माणको लागि रीड कार्यक्रमका प्रमुख रवीन्द्र मेहता एवं कर्मचारीहरूद्वारा मङ्गलवार स्थलगत निरीक्षण पश्चात् सबै प्रक्रिया पूरा भएको छ।
निर्माण हुन लागेको कृषि सेवा केन्द्रमा कृषि प्रयोगशाला एवं आवश्यक उपकरण समेतको व्यवस्था हुनेछ । सेवा केन्द्र निर्माण पछि मौलापुरका हजारौँ किसानले लाभान्वित हुने नगरपालिकाले विश्वास लिएको छ।