काठमाडौं। दैलेख सडक खण्ड एक महिनाका लागि बन्द हुने भएको छ। सडक खण्डअन्तर्गत दैलेखको गाईबान्नास्थित भिरको चट्टान काट्नुपर्ने भएकाले आज (मंसिर १५) देखि पुस १४ गतेसम्म सडक बन्दहुने भएको हो।
उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो बनाउनको लागी चट्टान काट्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना जारी गरी सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरी आवतजावत गाउन आग्रह गरेको छ।
मर्मत गर्न लागिएको यो सडकखण्डबाट साना जीप, कार तथा मोटरसाईकलबाहेक यात्रुबाहक र मालबाहक गाडी सञ्चालन गर्न नसकिने प्रशासनले जनाएको छ। यो सडकका सट्टानमा अब दैलेखमा पर्ने तल्लो डुङ्गेश्वरहुँदै ठूला सवारी साधन चलाउन सकिनेछ।