दोलखा। चरङ्गे–शैलुङ सडकखण्डको चर्नावती हाइड्रो पावरदेखि २१० मिटर सडक सोलिङ गरिएको छ। शैलुङ गाउँपालिका–५ ले सदरमुकाम चरीकोट आवतजावत गर्ने उक्त सडक सोलिङ गरेको हो ।
चालु आर्थिक वर्षमा राखिएका १७ वटा योजनामध्ये यो सडक ४ लाख लागतमा तीन महिनाको अवधिमा सोलिङ सम्पन्न गरेको वडा कार्यालयले जनाएको छ।
एक करोड पाँच लाख रुपैयाँका १७ वटा योजना आगामी वैशाखमै सम्पन्न गर्ने गरी काम भइरहेको समेत वडा कार्यालयले जनाएको छ । सोही योजनामा ११ वटा सडक, तीन वटा सिँचाइ र तीन वटा भवन निर्माण गर्नुपर्ने छन् ।
यो आर्थिक वर्षबाट वीरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीका अभिभावकले मात्र काम गर्न पाउने गरी १६ लाख रुपैयाँ लागतमा ३१ सय घनमिटर सडक सोलिङ गर्ने व्यवस्था मिलाइएको छ ।