काठमाडौं। बन्दीपुर केवल कार एण्ड टुरिजम लिमिटेडले साधारण सभा बोलाएको छ। मङ्सिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बन्दीपुर परियोजना प्राङ्गणमा पुस १४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयसँगै सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सभाका लागि तय गरेको छ । सार्वजनिक निष्कासनका लागि आवश्यक सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
आईपीओ निष्कासन प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।