काठमाडौं। वागलुङको कुश्मीशेर बरेङ शान्तिनगर सडक अन्तर्गत जैमिनी नगरपालिका १० राङखानिदेखि बरेङ गाउँपालिका १ चित्रेसम्मको सडक कालोपत्र गर्न सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारको पालिका मुकामा जोड्न सडक कालोपत्र गर्ने योजनाअन्तर्गत उक्त सडकको ११ किलोमिटर खण्डको काम सुरु भएको हो।
सडक स्तरोन्नतीको जीम्मेबारी पाएको निर्माण कम्पनीले दुई वर्षमा काम सम्पन्न गरि सक्ने गरी काम सुरु गरेको छ। उक्त सडकको पहिलो चरणमा फराकिलो बनाउन सुरु गरिएको निर्माण कम्पनी रौताहा खानी धुलिखेल जेभि कन्ट्रक्सनका साइट इन्चार्ज खेमराज सुवेदीले जानकारी दिए।
बरेङलाई सदरमुकामबाट प्रदेशको राजधानीसँग जोड्ने छोटो दुरिको सडक भएकाले समयमै निर्माणको काम सम्पन्न गर्न दबाब छ। २०५४ सालमा नक्शाङ्कन गरिएको उक्त सडकको १५ वर्ष अगाडी ट्रयाक खुलाइएको थियो। कुश्मिशेरा, देवलधारा १० किमी खण्ड स्तरोन्नती तथा कालोपत्रको ३५ प्रतिशत काम सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्षका अनुसार हामीले काम गर्दा आइपर्ने बाधा हटाउन सहजीकरण गरिरहेका छौँ। समयमै काम सुरु गर्न र समयमै सक्न भनेका छौँ। उक्त सडक बरेङका लागी अत्यावश्क रहको उनको भनाइ छ। सडक फराकिलोर कालोपत्र भएमा शरेङको आर्थिक विकासमा सहयोग पुग्ने गाउँपालिकाको विश्वास रहेको छ।
प्रदेश सरकारको योजना भएतापनि गाउँपालिकाले उक्त सडकको काममा चासो दिएको हो। चित्रेदेखि पालिका मुकाम रहेको सुदाला र पालिका मुकामदेखि छिमेकी जिल्ला गुल्मीको शान्तिपुरसम्मको सडक कालोपत्रकालागी समेत पहल भएको छ।