नवलपुर। नवलपुरको अमरावतीमा रेड बुल उद्योग स्थापना गरिएको छ । उद्योगको मंगलबार एक कार्यक्रमका बीच अर्थ मन्त्री डा.प्रकाश शरण महतले औपचारिक उद्घाटन गरेका छन् ।
त्यसक्रममा अर्थमन्त्री महतले देशमा थुप्रै अवसर रहेपनि सदुपयोग गर्न नसकिएको बताए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले इन्धन खपत कम गरेर अर्थतन्त्रलाई सबल बनाउने काममा सरकार लागि रहेको दाबी गरे ।
पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्दै निजी क्षेत्रलाई लगानी गर्ने र उत्पादन वृद्धि गर्ने योजना सरकारले बनाएको उनको भनाई छ । कृषि क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गरी नगदेवाली तथा पकेट क्षेत्रमा आधारित उद्यमलाई प्रोत्साहनतर्फ सरकारको ध्यान गएको भन्दै मन्त्री महतले लगानी वृद्धि गर्न सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको बताए ।