लमजुङ। लमजुङ जिल्लाको भुजुङमा ३ सय ४५ वटा धारा निर्माण गरिएको छ। कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज नेपाल पोखराको आर्थिक सहयोग र गाउँलेको श्रमदानबाट गाउँका घरघरमै धारा निर्माण गरिएको हो ।
गाउँका ३ सय १६ घरधुरी साथै ४ वटा सामुदायिक भवन, २ वटा विद्यालय, गुम्बा, वडा कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय र सार्वजनिक ठाउँमा एउटा धारा निर्माण गरिएका छन् ।
यसबाट १ हजार ९ सय ९५ जना नागरिकले प्रत्यक्ष लाभ लिएका भुजुङ थोख्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ।
कूल १ करोड २६ लाख २४ हजार १ सय ७४ रुपैयाँ ७२ पैसामा भुजुङ थोख्ले खानेपानी योजनामा निर्माण गरिएको हो । यसमा कादुरी एग्रीकल्चरल एड् एसोसिएसन पोखराको १ करोड ५ लाख ३ हजार ६ सय ७५ रुपैयाँ ७२ पैसा लगानी छ । गाउँलेले २१ लख २० हजार ५ सय रुपैयाँ बराबरको श्रमदान गरेका भुजुङ थोख्ले खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ।